Section 48
डिस्काउण्ट कारोबार
(१) बैंकले आफूसंग खाता रहेका वाणिज्य बैंक तथा वित्तीय संस्थाले पेश गरेका देहायका विनिमेय अधिकारपत्रमा डिस्काउण्ट कारोबार गर्न सक्नेछः– (क)नेपाल ………….. मा ६ महिना भित्र भुक्तानी हुने गरी वाणिज्य बैंक सहित कम्तिमा दुई पक्षको हस्ताक्षर भएको प्रतिज्ञापत्र वा विनिमयपत्र । (ख)बैंकले प्राप्त गरेको मितिले ६ महिना भित्र भुक्तानी हुने नेपाल सरकार वा बैंकले निष्काशन गरेको नेपाल ……….. भित्र भुक्तानी हुने ऋणपत्र । (२) डिस्काउण्ट कारोबार गर्दा लागू हुने डिस्काउण्ट दर, शर्त र प्रकृया बैंकले तोके बमोजिम हुनेछ ।